काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमै हुने स्पष्ट पारेका छन्।
शुक्रबार चितवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले महाधिवेशन समयमै सम्पन्न हुने बताएका हुन् । केही नेताहरूले महाधिवेशन ढिलाइ गर्न षड्यन्त्र भइरहेको भन्दै असन्तुष्टि जनाइरहेकै बेला देउवाले उक्त अड्कलबारे स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।
देउवाले हालै पारित बजेटबारे पनि टिप्पणी गर्दै ‘टेक एन्ड पे’ सम्बन्धी सामान्य विषय हटाइएपछि बजेट सहजै पारित भएको बताए। उनले भने, “एउटा सानो विषय थियो, ‘टेक एन्ड पे’ हटेपछि बजेट पास भइसकेको छ। यसलाई ठूलो विषय बनाउन आवश्यक छैन।”
यही क्रममा उनले पछिल्लो समय उठाइएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई जोडेर फैलाइएको चर्चा असत्य र भ्रमपूर्ण भएको दाबी गरे ।
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार













प्रतिक्रिया