काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि कांग्रेस र एमालेले चाँडै संयन्त्र गठन गरी काम सुरु गर्ने बताएका छन्।

मधेस प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेस–एमालेबीचको संवादले स्पष्टता पाएपछि प्रमुख प्रतिपक्षी दलसहित संसद्मा रहेका अन्य दलहरूलाई समेत समेटेर प्रक्रिया अगाडि बढाउने जानकारी दिए।

advertisement

संविधान कार्यान्वयनका क्रममा देखिएको समस्या र नागरिकमा देखिएको निराशा समाधान गर्न सरकारले प्रयासरत रहेको उनले बताए।

खड्काले पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले भने, “हामीभित्रका मतभेदलाई संवादबाट मिलाउनुपर्छ, छलफलबाट समाधान सम्भव छ।”

उनका अनुसार कांग्रेसभित्रको अन्तरविरोध नै पार्टी हार्ने मुख्य कारण बनेको छ।
“कांग्रेसलाई हराउन अरूको प्रयास चाहिँदैन, कांग्रेस आफैं पर्याप्त हुन्छ,” उनले भनाइ थपे, “त्यही रोगबाट पार्टीलाई छुटाउनुपर्छ। प्रशिक्षणमार्फत सद्भाव कायम गर्दै मतभेद अन्त्य गर्नेतर्फ लागिरहेका छौं।”

खड्काले कांग्रेसको आन्तरिक कलह अन्त्य गरी २०८२ र २०८३ का अभियान सफल बनाइएको खण्डमा २०८४ को निर्वाचनमा कांग्रेसलाई एकल बहुमतसहित पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरे।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com