काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

शुक्रबार काठमाडौंको कलंकीमा आयोजित कार्यक्रममार्फत पार्टीका नेताहरूको उपस्थितिमा ‘ऐक्यबद्धता डेस्क’ स्थापना गर्दै उक्त अभियानको औपचारिक सुरुवात गरिएको हो।

advertisement

रास्वपाले सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोधका आधारमा कारबाही अघि बढाएको आरोप लगाउँदै त्यसको विरोधमा जनस्तरबाट समर्थन जुटाउन हस्ताक्षर अभियान सुरु गरेको जनाएको छ।

लामिछाने अहिले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा जेलमा छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

पार्टीका अनुसार शुक्रबारदेखि काठमाडौंका १४ स्थानमा ऐक्यबद्धता डेस्कहरू सञ्चालनमा ल्याइएको छ, जहाँ सर्वसाधारणले लामिछानेको पक्षमा हस्ताक्षर गर्न सक्नेछन्।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com