काठमाडौं । प्रतिपक्षी दल एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपाल विरुद्ध पतञ्जली प्रकरणको विषयमा लागेको भ्रष्टाचार मुद्दाको विषयमा कानुनी उपचार खोज्ने जनाएको छ ।
पार्टीको सचिवालय बैठकले अध्यक्ष विरुद्ध लागेको मुद्दालाई लिएर कानुनी उपचारमा जाने बताएको हो । शुक्रबारको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो पार्टीका उपमहासचिव प्रकाश ज्वालाले समकालीन नेताहरुमा स्वच्छ छवि बनाएका अध्यक्ष नेपाल विरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लगाए ।
पार्टी स्थापनाको समय देखिनै विभिन्न आक्रमण भएको दाबी गर्दै आएको एकीकृत समाजवादीले पार्टी अध्यक्ष विरुद्ध झुटो मुद्दा लगाइएको समेत निष्कर्ष निकालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई गत जेठ २२ गते विशेष अदालतमा भ्रटाचार मुद्दा दायर गरेको थियो । यद्यपि विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएसँगै तत्कालका लागि नेता नेपाल रिहा भएका छन् ।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार













प्रतिक्रिया