काठमाडौं । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
सिगास गाउँपालिका( २ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो।
घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट १०० मिटर तल धामीको शव फेला परेको थियो। धामीका श्रीमान्, एक छोरा र एक छोरी छन्।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार













प्रतिक्रिया