सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–भोताङ सडकखण्डमा शनिबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

मेलम्ची नगरपालिका–१० मा दिउँसो करिब १ बजे भोताङबाट मेलम्चीतर्फ आउँदै गरेको ना.प्र. ३०–००५ ख ९९७६ नम्बरको बस इन्द्रावती नदीको किनारमा खस्दा दुर्घटना भएको हो। बसको अगाडिको भाग अचानक भाँचिएपछि नियन्त्रण गुमाउँदै झन्डै ५० मिटर तल खसेर इन्द्रावती खोलाको बगरमा अड्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवराज खरेलले जानकारी दिए।

advertisement

दुर्घटनामा चालकसहित ८ जना यात्रु घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि मेलम्ची नगर अस्पताल लगिएको छ।

डिएसपी खरेलका अनुसार घाइतेहरूको अवस्था हाल सामान्यदेखि मध्यम रहेको छ र सबै घाइते बोल्न सक्ने अवस्थामा छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com