काठमाडौं  ।   नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।

सोमबारदेखि बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन्। सभापति देउवाले बिहान १० बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्ने गरि बैठक बोलाएको एक पदाधिकारीले बताए।

कांग्रेसको यस केन्द्रीय समितिको बैठकमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समिति बारे निर्णय हुनसक्ने बताइएको छ।

advertisement

कांग्रेसको गत फागुन एक गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, थारु सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान महासङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घलाई निर्देशन दिएपनि उनीहरूले सो समयमा महाधिवेशन गर्न सकेका छैनन् भने पार्टीले ति तदर्थ समिति बारे अहिलेसम्म निर्णय लिएको छैन।

यस बारे केन्द्रीय समितिको बैठकमा सरकारको काम प्रभावकारी नभएको विषयमा समेत छलफल हुने बताइएको छ। कांग्रेसका दुवै महामन्त्री सरकारको काम बारे असन्तुष्ट छन्। उनीहरुले सरकारले ल्याएको बजेट बारे कुनै टिप्पणी नै गरेनन्।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com