काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२, मसिनेमा शनिबार राति एक कार पहिरोले पुरिएको छ।
थानकोटतर्फ जाँदै गरेको बा.५ च ११४५ नम्बरको उक्त कार मसिने क्षेत्रमा खसेको पहिरोमा पुरिएको हो।
घटनापछि तत्कालै खटिएको प्रहरी टोलीले पहिरो पन्छाउँदै कारलाई निकाल्न सफल भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कारमा सवार सबै यात्रु सकुशल उद्धार गरिएको छ।
वर्षासँगै पहिरो झर्ने क्रम बढिरहेका कारण सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार












प्रतिक्रिया