काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष माधवकुमार नेपालमाथि सार्वजनिक टिप्पणी नगर्न स्पष्ट निर्देशन दिएको छ।

पार्टी महासचिव घनश्याम भुसालले आइतबार एक निर्देशन जारी गर्दै अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दालाई लिएर वाद–विवादमा नउत्रन आग्रह गरेका हुन्।

advertisement

भुसालद्वारा जारी निर्देशनमा भनिएको छ, “पार्टीले सो मुद्दाबारे प्रारम्भिक धारणा सार्वजनिक गरिसकेको छ। त्यसअनुसार अध्यक्ष नेपालप्रति व्यक्त हुने विचार र अभिव्यक्ति पार्टीको आधिकारिक लाइनसँग मेल खाने हुनुपर्छ।”

महासचिव भुसालले पार्टीको औपचारिक धारणा विपरीत हुने गरी कुनै पनि टिप्पणी, अभिव्यक्ति वा सार्वजनिक बहसमा संलग्न नहुन सबै नेता, कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com