काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन्।

दुई कार्यकाल राष्ट्रपति बनेकी उनी हालै नेकपा एमालेको सक्रिय राजनीतिमा फर्केकी थिइन्। उनले एमालेमा आफ्नो सदस्यता नवीकरण गराएकी छन्।

advertisement

उनीनिकट स्रोतका अनुसार गृह मन्त्रालयमा पत्र पठाएर सरकारी सेवा सुविधा फिर्ता लिने तयारीमा भण्डारी छिन्। अबदेखि सरकारी सेव सुविधा नलिने कुरा उल्लेख गरिएको पत्र पठाउने तयारीमा पूर्वराष्ट्रपति रहेको स्रोतको भनाइ छ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी काठमाडौंको भंगालस्थित निजी निवासमा बस्दै आएकी छन्।  सरकारले पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, घरभाडा, इन्धन, पत्रपत्रिका खर्च, टेलिफोन खर्च, अतिथि सत्कार खर्च, बिजुली, पानी र इन्टरनेटको खर्च तथा सचिवालय सेवा सुविधा दिने गरेको छ।

पूर्वराष्ट्रपति भण्डारीले आवास र सवारी सुविधा लिएकी थिइनन्।

 

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com