काठमाडौं । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँका ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते भएका हुन् । अन्य चार जनाको अवस्था सामान्य छ ।
कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेर घर पुरिँदा परिवारका अन्य चार जना घाइते भएको आङखोपका वडाध्यक्ष रत्नबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार गएराति करिब १ बजे पहिरोले घर पुरिएको हो । राति वर्षा नभए पनि सिँचाइका लागि ल्याइएको कुलो थुनिएर पानी खेतबारीमा खसेर पहिरो झरेको स्थानीयको भनाइ छ । घटनास्थलमा अहिले साब्लाखु प्रहरी चौकीको टोलीले अनुसन्धान तथा क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरेको छ ।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया