काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिका कारण पार्टीले स्पष्टीकरण सोधेको छ। अनुशासन आयोगले सोधेको स्पष्टीकरणको आधारमा आगामी निर्णय लिइने पार्टी सचिव सोमप्रसाद पाण्डेले जानकारी दिए।
झाँक्रीले अध्यक्ष नेपालविरुद्ध बोल्दै “काँधमा मरेको सिनो बोकेर हिँड्न सकिन्न” भन्ने अभिव्यक्ति दिएकी थिइन्। उनको यस्तो अभिव्यक्तिप्रति पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ।
साथै, झाँक्री इन्चार्ज रहेको अनेरास्ववियुमा नरेश न्यौपानेको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएपछि संगठनमा आन्तरिक किचलो अझै बढेको छ।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बिहीबार बस्ने सचिवालय बैठकमा यी सबै विषयमा छलफल हुने बताए। पाण्डेका अनुसार अध्यक्ष नेपालको सांसद पद निलम्बन भइसकेकाले उनी अब संसदीय दलको नेतामा नरहने स्पष्ट संकेत पनि दिएका छन्।
पाण्डेले झाँक्रीको भाषा अनुशासनविपरीत रहेको भन्दै आवश्यक कारबाही हुने जनाएका छन्।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया