काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी छेडछाडबारे छानबिन गरेर दोषीलाई कारबाही गरिने स्पष्ट पारेका छन्।
कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा बोल्दै उनले विधेयकको मस्यौदामा भएको हेरफेरबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भने, “विधेयकमा तलमाथि भएको छ, छानबिन हुन्छ, दोषी जो भए पनि कारबाही हुन्छ।”
उनले गलत कार्यमा संलग्न कोही कसैलाई नछाड्ने स्पष्ट संकेत दिँदै थपे, “जो कोही भए पनि कारबाहीको दायराबाट उम्कन सक्दैन।”
कार्यवाहक प्रधानमन्त्री सिंहले संविधानको रक्षासहित संस्थागत प्रणालीमार्फत सरकार जनताको चाहनाअनुसार अघि बढ्ने बताए। साथै, उनले राजनीतिक स्थायित्व नै अहिलेको मुख्य आवश्यकता भएको पनि उल्लेख गरे।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया