काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले निजामती सेवा विधेयकमाथि गम्भीर षड्यन्त्र गरिएको आरोप लगाउँदै उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक सांसद हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि संलग्न सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन्।

advertisement

“यो सानोतिनो षड्यन्त्र होइन, संसदको गरिमा र विश्वसनीयता समाप्त पार्ने खालको गम्भीर चालबाजी हो,” पाण्डेले भने, “सभापतिदेखि सबैको छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्छ।”

उनले विधेयक प्रारम्भिक तयारीको चरणमै पटक–पटक अड्चन आउनु र अन्तिम समयमा गम्भीर हेरफेर हुनु पूर्व नियोजित षड्यन्त्रको संकेत भएको दाबी गरे।

माओवादी केन्द्रले विधेयकमाथिको विवादलाई सामान्य रूपमा नलिन र सत्यतथ्य सार्वजनिक गर्न संसदीय तहबाट गहिरो अनुसन्धान आवश्यक रहेको बताएको छ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com