काठमाडौं ।  पूर्वपत्रकार प्रेम बानियाँले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति कडा टिप्पणी गरेका छन्। उनले पार्टीले जनताको सहानुभूतिको भरमा राजनीतिमा लामो समयसम्म टिक्न नसक्ने चेतावनी दिएका छन्।

बानियाँले रास्वपाका सांसद रवि लामिछानेको जेल मुद्दालाई लिएर उठेको सहानुभूतिको लहरलाई मात्रै भर परेर अघि बढ्न नहुने स्पष्ट पारेका छन्। उनले फेसबुकमार्फत लेख्दै भने, “रविजीलाई यी सारा सहानुभूतिका हस्ताक्षरहरूले जेलबाट निकाल्ने छैनन्, न त जनताको सहानुभूतिको यो ‘पावर’लाई शक्तिमा बदल्ने कोही देखियो यो दलमा?”

advertisement

उनले पार्टीभित्रको रणनीतिक कमजोरीप्रति इंगित गर्दै लेखेका छन्, “यत्रो जनमायाको बर्बादी गरिरहेछ रास्वपा!” साथै वैकल्पिक नेताहरूलाई एउटै छातामुनि ल्याउन नसकेकोमा पनि उनले आलोचना गरेका छन्। “उस्तै र अझै बेग्लाबेग्लै बालेन, कुलमान, हर्क, गोपी, सीके वा बैकल्पिकहरू एउटै छातामा आईरहेका छैनन्, पावर पुग्नेवाला छैन तबसम्म,” उनको भनाइ छ।

बानियाँले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्षतर्फ १६५ सिटका उम्मेदवारहरूको तयारीमा लाग्नुपर्ने धारणा राखेका छन्। “०८४ नजिकै छ। तत्काल १६५ प्रत्यक्ष उम्मेद्वारहरूको तयारी नगरिहुँदैन,” उनले उल्लेख गरेका छन्।

उनले पार्टीको आन्तरिक निष्क्रियता र जनआकांक्षाको अस्वीकृतिलाई लिएर गम्भीर चिन्ता प्रकट गरेका छन्। “जननिराशालाई संस्थागत गररिहाल्नुपर्ने स्थिती छ,” भनी उनले वर्तमान राजनीतिक परिस्थितिलाई चित्रण गरेका छन्।

अन्त्यमा, उनले सबैलाई मिलेर ठोस वैकल्पिक संरचना निर्माण गर्न आह्वान गर्दै लेखेका छन्, “त्यो सहानुभूति र यो निराशाको दोभानबाट उठिहालौं है साथीहरू। जय स्वाभिमान !!”

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com