काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार भएको बयान र थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश दिएको हो।

पाठक बिहीबार बिहान स्वयं अदालतमा उपस्थित भएका थिए। उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार मुद्दा दायर गरेको थियो।

advertisement

साइबर ब्युरोमा परेको उजुरी अनुसार पाठकले एक व्यक्तिको फोटोसहित ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा सामाग्री सार्वजनिक गरेका थिए। उक्त सामाग्रीमा ‘काठमाडौँस्थित हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको, दीपक भट्टमार्फत कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवा पनि जोडिएको र बिजनेस क्यानडासम्म फैलिएको’ भनिएको थियो।

उक्त विषयलाई लिएर निवेदकले आफू विरुद्ध घृणा, द्वेष फैलाउने तथा चरित्रहत्या गर्ने उद्देश्यले सामग्री प्रकाशित गरिएको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएका थिए। उक्त कसुरमा अधिकतम एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्मको कैद वा दुवै सजाय मागदाबी गरिएको छ ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com