काठमाडौं । नेपाली कांग्रेस ‘बीपी’का नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका छन्।
बिहीबार पार्टी मुख्यालय वनस्थलीमा सभापति सुशीलमान शेरचन, उपसभापति कर्ण मल्लसहितका नेताहरूले लामिछानेको पक्षमा हस्ताक्षर गर्दै राज्यले उनीमाथि राजनीतिक प्रतिशोध लिएको आरोप पनि लगाए।
भैरहवा कारागारमा रहेका लामिछानेको समर्थनमा रास्वपाले देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ। रास्वपाले लामिछानेको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै उनको रिहाइको माग गर्दै आएको छ।
गत असार ७ गते पार्टीको तेस्रो स्थापना दिवसमा २० पृष्ठ लामो अपिल सार्वजनिक गर्दै लामिछानेले हस्ताक्षर संकलन अभियानको घोषणा गरेका थिए। त्यसैअनुसार अभियान सञ्चालन भइरहेको छ।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया