काठमाडाैं । कर्णाली राजमार्गमा ठुला सवारी साधनहरुलाई सञ्चालन गर्न नपाइने भएका छन । कर्णाली राजमार्ग अन्तरगतको कालिकोट जिल्लाको तिलागुफा नगरपालीका-६ को गोडिभिरमा पहिरो जादाँ सडक अवरुद्ध हुदाँ ठुलो सवारी साधनहरुलाई सञ्चालनमा रोक लगाइएको छ ।
आज विहान उक्त ठाँउमा सडक भत्किएको कारण ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ ।
कर्णाली राजमार्गमा अहिले ठुलो सवारी सधानहरु चल्न सक्ने् अवस्था छैन । कर्णाली करिडो सुरु हुने खुलालु र जिरो प्वान्ट लगाएत अन्य ठाँउहरुमा सडक भत्किएका छन । पहिरो लगातार जारी रहेकाले बाटो खुलाउन कठिनाइ भएको प्रहरी नायक उपरिक्षक टेकबहादुर रावतले भने, अविरले बर्षाका कारण राजमार्गमा यात्रा गर्न अत्यन्त जोखिम भएको कारण आवश्यक सजगता अपनाउन अनुरोध गछौं ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया