काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन्। माओवादीका एक नेताका अनुसार श्रेष्ठ गएराति क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत अमेरिका प्रस्थान गरेका हुन्।
पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठको अमेरिका भ्रमणबारे औपचारिक रूपमा कुनै जानकारी दिइएको छैन। भ्रमणको उद्देश्यसमेत सार्वजनिक नगरी उनी अमेरिका गएका हुन्। श्रेष्ठ स्वयंले पनि सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आफ्नो भ्रमणबारे जानकारी दिएका छैनन्।
प्रकाशित मिति: २१ असार २०८२, शनिबार













प्रतिक्रिया