काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको सक्रिय सहभागिता र संगीतको प्रेरणादायी भूमिकालाई स्मरण गर्दै आगामी राजनीतिक यात्रामा पनि युवाशक्ति र सांगीतिक चेतनालाई सँगै लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले क्रान्तिकालीन समयमा युवाहरूको जोश र गीत–सङ्गीतको ऊर्जा नै परिवर्तनको प्रमुख आधार बनेको उल्लेख गरे। पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा नवप्रवेशीलाई स्वागत गर्दै उनले भने, “भाषण, दर्शन र सिद्धान्तभन्दा बढी गीत र संगीतले जनतालाई क्रान्तितर्फ प्रेरित गर्‍यो। अहिले पनि हामी त्यही भावना बोकेर अघि बढ्न चाहन्छौं।”

advertisement

उनले आगामी निर्वाचनमा पनि गीत–संगीत जनचेतना जगाउने प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरे। “क्रान्तिको झण्डा फेरि पनि युवाहरूको काँधमा हुनेछ,” प्रचण्डले भने, “युवाशक्ति र सांस्कृतिक चेतनाको संयोजनले मात्रै नयाँ युगको आधार तयार गर्न सकिन्छ।”

प्रकाशित मिति: २१ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com