काठमाडौं। डिजिटल सेवा प्रदायक डिशहोमले नेपालमा पहिलोपटक भर्चुअल ग्राहक प्रिभिलेज कार्ड ल्याउने घोषणा गरेको छ। इन्टरनेट र टिभी सेवाको अनुभवलाई नयाँ स्तरमा लैजान उद्देश्यसहित डिशहोमले “माइ डिशहोम एप” मार्फत यो सेवा चाँडै सुरु गर्न लागेको हो।
डिशहोमको यो प्रिभिलेज कार्ड पूर्ण रूपमा डिजिटल हुनेछ, जुन सक्रिय सदस्यता भएका ग्राहकहरूको “माइ डिशहोम एप” मा स्वचालित रूपमा देखिनेछ। कार्डमार्फत ग्राहकहरूले विभिन्न साझेदार सेवा तथा आउटलेटहरूमा २५% सम्मको छुट पाउनेछन्।
डिशहोमले होटल, रेस्टुरेन्ट, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाइल एक्सेसोरिज, इलेक्ट्रोनिक्स, होम अप्लायन्सेस, सपिङ मल, अटोमोबाइल शोरूमजस्ता थुप्रै क्षेत्रसँग सहकार्य गरेको छ। यसले ग्राहकको दैनिक जीवनशैलीलाई सहज बनाउने र आर्थिक रूपमा समेत लाभ दिने कम्पनीको अपेक्षा छ।
डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने, “डिशहोम अब मनोरञ्जन र इन्टरनेट सेवामात्र सीमित नरही, ग्राहकको डिजिटल जीवनशैलीमा पनि सकारात्मक प्रभाव पार्न चाहन्छ। भर्चुअल प्रिभिलेज कार्डमार्फत हामी एक प्रभावकारी डिजिटल ईकोसिस्टम बनाउँदैछौं।”
यो कार्ड केवल ग्राहकको सदस्यता सक्रिय हुँदा मात्र एपमा देखिने भएकाले सुरक्षित तथा व्यक्तिगत हुनेछ। सेवा सुरु भएपछि ग्राहकले आफ्नो मोबाइल एपमार्फत कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुट लिन सक्नेछन्।
डिशहोमले प्रविधिमा नवीनता ल्याउने क्रम जारी राखेको छ र यो सेवा पनि नेपालको डिजिटल परिवर्तनको यात्रामा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। कम्पनीले सबै ग्राहकहरूलाई प्ले स्टोर वा एप स्टोरबाट “माइ डिशहोम एप” डाउनलोड वा अपडेट गर्न आग्रह गरेको छ, ताकि नयाँ सुविधाको लाभ तत्काल लिन सकुन्।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया