काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल र नेपालीको हितका लागि प्रार्थना गर्ने समय आएको बताएका छन्। सोमबार निर्मल निवासमा आयोजित ८० औं जन्मदिनको अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्।

शाहले हाल मुलुक वर्षा, बाढी र पहिरोको उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै नागरिकलाई सतर्क रहन र सुरक्षित बस्न आग्रह गरे। उनले पानीजन्य रोगहरूबाट जोगिन पनि आग्रह गर्दै सावधानी अपनाउन सुझाव दिए।

advertisement

“अहिले बाढी, पहिरो र पानीजन्य रोगहरूको जोखिमको समय हो। सबै दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह छ — सोचेर, विचार गरेर सुरक्षित बस्नुस्,” पूर्वराजा शाहले भने।

उनले नेपालीपनको मर्मबारे प्रस्ट पार्दै केवल नेपालमा जन्मिएर मात्र नेपाली नहुने उल्लेख गरे। “नेपालमा जन्मिएको मात्रै नेपाली हुनु होइन, नेपाल आफैँ हाम्रो मनमा बस्नुपर्छ। तब मात्र सच्चा नेपाली हुनुको अर्थ आउँछ,” उनले भने।

पूर्वराजाको जन्मदिनका अवसरमा निर्मल निवासमा शुभकामना दिन आउनेहरूको भिड लागेको थियो। विभिन्न क्षेत्रका व्यक्तिहरूले उनलाई शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com