काठमाडाैं । प्रतिनिधिसभा बैठकमा बाेल्दैं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन्। सोमबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी गराएका हुन्।
आफ्नो भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनमा आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको बताए।
‘सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्रसङ्घसँगको सहकार्य अझ सुदृढ बनाउन सहयोग पुगेको छ,’ उनले भने।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया