काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म पार्टीको आन्दोलन निरन्तर जारी रहने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले राप्रपाले पटक–पटक उठाउँदै आएको छानबिन समितिको माग सरकारले वेवास्ता गरिरहेको भन्दै कडा आपत्ति जनाए।

advertisement

“अन्य संवेदनशील विषयमा जस्तै, भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि पनि संसदीय समिति गठन हुनुपर्छ,” उनले भने, “यदि समिति गठन हुँदैन भने आज पनि राप्रपाले संसद् बहिष्कार गर्नेछ।”

उनले दुई तिहाइको बलमा संसद् चलाउने प्रयास भइरहेको भन्दै सरकारको दम्भप्रति आलोचना गरे।

“सदन अवरोध भएको ४१ दिनभन्दा बढी भइसक्यो। तर सरकारले दुई तिहाइको आडमा संसद् चलाउने गलत अभ्यास गरिरहेको छ,” सिंहले भने, “भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीसम्म मुछिएका छन्। यस्तो गम्भीर विषयमा छानबिन समिति गठन किन भइरहेको छैन?” भन्दै प्रश्न उठाए।

सांसद सिंहले यो विषयले अन्तर्राष्ट्रिय रूपमा नेपाल र नेपालीको बदनामी गरिरहेको उल्लेख गर्दै सरकार गम्भीर नहुनु दुःखद रहेको बताए।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com