काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्य थापाले सत्तागठबन्धनभित्र कुनै समस्या भए संवाद र छलफलमार्फत समाधान खोजिनु पर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभामा बोल्दै थापाले गठबन्धनभित्रको मतभेदलाई बाहिरको अस्थिरता फैलाउने प्रयाससँग नजोड्न आग्रह गरे। “गठबन्धनमा कतै समस्या छन् भने पनि त्यसलाई छलफल, बहस र आपसी समझदारीमार्फत समाधान गर्नुपर्छ,” उनले भने, “गठबन्धनले केही शक्तिलाई चकित तुल्याएको छ, उनीहरूबाट अस्थिरताको खेती चलिरहेको छ, त्यसको भ्रममा नपर्न म आग्रह गर्दछु।”

advertisement

थापाले विगत केही समयदेखि देशमा अनावश्यक अस्थिरता सिर्जना गर्न विभिन्न हल्ला फैलाउने प्रयास भइरहेको बताए। “बिहान उज्यालोदेखि बेलुका अँध्यारो नपर्दासम्म अस्थिरताका बेलुनहरू उडाउन खोजिन्छ,” भन्दै उनले हालको गठबन्धनले त्यस्ता प्रयासलाई निष्क्रिय पार्दै स्थायित्वको सन्देश दिएको दाबी गरे।

उनले भने, “यो गठबन्धनले विकास, समृद्धि र सामाजिक न्यायतर्फ राष्ट्रलाई अघि बढाउने जिम्मेवारी बोक्नु परेको छ। त्यसैले यसको सफल कार्यान्वयन आवश्यक छ, ताकि जनताले स्थायित्व र सुशासनको अनुभव गर्न सकून्।”

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com