काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव चाम्लिङ समुदायसँग सम्बन्धित हुन सक्ने संकेत गरेका छन्।

सोमबार नेकपा (एमाले) को पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले हलेसी क्षेत्रसँग शिवको सम्बन्ध जोड्दै यस्तो सम्भावनाको चर्चा गरेका हुन्।

advertisement

“हलेसीमा शिवजीले खेल्ने गरेको ओडारहरू छन्। त्यो चाम्लिङको थलो हो,” प्रधानमन्त्री ओलीले भने, “शिव चाम्लिङसम्बन्धी हुनु पनि सक्नुहुन्छ। म दाबी गर्दिनँ, तर अनुमान हो। पछि अन्य संस्कृतिसँग मिसिएको पनि हुन सक्छ।”

प्रधानमन्त्री ओलीले नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरूमा विविधता रहेको भन्दै यस्ता प्रसंगहरू अनुसन्धान र अध्ययनको विषय हुन सक्ने बताए।
“शिवजी चाम्लिङ थिए कि क्या हो जस्तो पनि लाग्छ कहिलेकाहीँ,” उनले भने, “हलेसी भन्ने ठाउँ चाम्लिङहरूको ऐतिहासिक थलो हो भन्ने मान्यता छ। त्यस आधारमा शिव र चाम्लिङबीचको सम्बन्धबारे अनुमान गर्न सकिन्छ।”

उनले धार्मिक स्थलहरूको अध्ययन, संरक्षण र प्रवर्द्धनमार्फत नेपालको पर्यटन क्षेत्रलाई अझ समृद्ध बनाउन सकिने धारणा राखे।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com