काठमाडौं । महिला युरो कपमा समूह चरणको दोस्रो खेलमा स्पेनले बेल्जियमलाई ६–२ गोलअन्तरले पराजित गरेको छ।

यो जितसँगै स्पेन एक खेल अगावै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो।

advertisement

स्वीट्जरल्याण्डमा भएको खेलमा स्पेनले दोस्रो हाफमा २–१ को अग्रता लिएको थियो तर दोस्रो हाफमा थप चार गोल गर्दै स्पेनलाई जित दिलाएको थियो।

कप्तान एलेक्सिया पुटेलसले २२ औं र ८६ औं मिनेटमा दुई गोल गरिन् भने आइरिन परेडेसले ३९ औं मिनेटमा, एस्थर गोन्जालेजले ५२ औं मिनेटमा, मारियोना काल्डेन्टेले ६१ औं मिनेटमा र क्लाउडिया पिनाले ८१ औं मिनेटमा गोल गरे।

बेल्जियमका लागि जस्टिन भान्हाएभरमेटले २४ औं मिनेटमा र हन्ना युर्लिंग्सले ५१ औं मिनेटमा गोल गरे।

दुई खेलबाट ६ अंक र ११ गोल गरेको स्पेन समूहको शीर्ष स्थानमा छ। र अर्को चरणमा स्थान सुरक्षित गरिसेको छ। यही समूहको अर्को खेलमा इटाली र पोर्चुगलले १–१ गोलको बराबरी खेले।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com