धादिङ । धादिङ जिल्लाको त्रिशूली नदी किनारमा दुई पुरुषको शव फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदीको किनारामा शवहरू फेला परेका हुन्।
डिएसपी सुवास हमालले शवको अवस्था हेर्दा हालै मात्र मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। उनका अनुसार दुबै शव पुरुषका हुन् र घटनाको प्रकृति पत्ता लगाउन प्रहरी टोली घटनास्थलमै खटिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार












प्रतिक्रिया