काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले सरकारबाट प्राप्त हुने तीन महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले हालै रसुवागढीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र राहतका लागि उक्त रकम प्रदान गर्ने निर्णय गरेका हुन्।

advertisement

सांसद तामाङले प्रधानमन्त्री कार्यालयलाई तीन महिनाको तलब उक्त कोषमा जम्मा गर्न निवेदनसमेत दिइसकेको जानकारी समितिलाई दिएका छन्।

उनले बाढीले पारेको क्षति प्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता विपत्तिमा सबै सांसद तथा जनप्रतिनिधिहरूले सहयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com