काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रोशन कार्कीलाई पार्टीको अनुशासन समिति अध्यक्षमा नियुक्त गरिएको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार कार्कीलाई पार्टी विधानअनुसार अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गरेका हुन्।
राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार उपाध्यक्ष माननीय रोशन कार्कीलाई अनुशासन समिति अध्यक्ष पदमा मनोनित गर्नुभएको छ।”
यस निर्णयसँगै कार्कीले अब पार्टीभित्रको अनुशासनसम्बन्धी विषयको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार











प्रतिक्रिया