काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अमेरिका बसाइसँग जोडिएको भिसा प्रकरणबारे प्रस्ट जानकारी दिन आग्रह गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएका हुन् वा होइनन् भन्ने विषयमा स्पष्टीकरण माग गरेका हुन्। उनले भने, “माननीय रवि लामिछानेजी भिजिटरको रूपमा अमेरिका जानुभएको थियो भन्ने सुनेको थिएँ। हो कि होइन ? के भिसामा जानुभएको हो ?”

advertisement

साथै, उनले भिजिट भिसा लिएर अमेरिका गएर त्यहीँको नागरिकता लिन मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि उठाए। उनले भिसाको दुरुपयोगसँग जोड्दै नैतिकताको सवाल समेत उठाए। “भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताले अरूलाई नैतिकताको पाठ पढाउन सक्छन् कि सक्दैनन् ? नैतिकताको अपेक्षा अरूबाट गर्ने कि आफूबाट सुरु गर्ने?” गृहमन्त्री लेखकले प्रश्न गरे।

यस विषयमा रास्वपाको तर्फबाट तत्काल प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com