काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकले रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले बगाएको मितेरी पुल र सडक पुनर्निर्माणका लागि चीन सरकारसँग समन्वय गर्ने निर्णय गरेको छ।

मंगलबार बिहान आएको बाढीका कारण नेपाल–चीन सीमा जोड्ने मितेरी पुल बगाएर रसुवागढी नाका पूर्णरूपमा अवरुद्ध भएपछि उक्त निर्णय गरिएको हो। अब परराष्ट्र मन्त्रालयमार्फत चीनसँग समन्वय गरी पुल तथा सडक पुनर्निर्माण गरिने परिषद्को निर्णयमा उल्लेख छ।

advertisement

परिषद्ले भन्सार, अध्यागमन, सडक तथा जलविद्युत् आयोजनासम्बन्धी क्षतिग्रस्त पूर्वाधारहरूको यथाशीघ्र मर्मत तथा सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशनसमेत दिएको छ।

त्यस्तै, बाढीबाट प्रभावित व्यवसायीका कन्टेनर, सवारीसाधन तथा अन्य सामग्रीहरूको क्षति मूल्याङ्कन, बीमा प्रक्रिया र राहत व्यवस्थालाई सहजीकरण गर्ने निर्णय पनि गरिएको छ।

परिषद्को प्रारम्भिक विवरण अनुसार करिब १६ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। परिषद्का प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश प्रसाद भट्टका अनुसार आगामी बैठकमा सबै मन्त्रालयहरूको प्रतिवेदन संकलन गरी थप निर्णय गरिनेछ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com