काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आज दिउँसो पदाधिकारी तहको बैठक बोलाएको छ। बैठक आज साँझ ४ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्ने कार्यक्रम तय भएको छ।
पार्टीका प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा हालैका दिनमा देशभरि बाढी तथा पहिरोले पुर्याएको क्षति, सरकारको कार्यसम्पादन र समसामयिक राजनीतिक परिस्थिति बारे गम्भीर छलफल हुनेछ।
साथै, उनले पार्टी संगठन सुदृढीकरणका विषयमा समेत बैठकमा कुराकानी हुने जनाएका छन्। यसअतिरिक्त, माओवादी केन्द्रले केही समयअघिदेखि सञ्चालन गरेका अभियानहरूको मूल्याङ्कन र समीक्षा पनि आजको बैठकको प्रमुख एजेन्डा रहेको बताइएको छ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार













प्रतिक्रिया