काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत पत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा बिहीबार रानीवनस्थित मानव सेवा आश्रममा भेटघाट तथा भोजन गराएका छन्।

आश्रम पुगेका प्रचण्डले त्यहाँ आश्रितहरूसँग कुराकानी गर्दै आफैँ उनीहरूसँग भोजन गरेका हुन्।

advertisement

कार्यक्रममा उनले प्रधानमन्त्री हुँदा हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै मानव उद्धारका लागि आवश्यक सवारीसाधन व्यवस्थापनमा सहयाेग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रचण्डले मानव सेवा आश्रमले देशभर सञ्चालन गरिरहेका सेवामूलक कार्यक्रमहरूमा सहयोग पु-याउने उल्लेख गर्दै यस्ता मानवीय कार्यहरूले सामाजिक मूल्य र आदर्श प्रवर्द्धन गर्ने बताएका छन्।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com