काठमाडाैं । गाजा पट्टीमा इजरायली आक्रमण सुरु भएयता मृत्यु हुने पत्रकारहरूको संख्या २२९ पुगेको छ। पछिल्लो घटनामा ‘प्यालेस्टाइन टुडे’ समाचार एजेन्सीका सम्पादक तथा फोटोग्राफर अहमद सलामा अबु आइशा लक्षित आक्रमणमा ज्यान गुमाउने पत्रकार बनेका छन्।
गाजाको सरकारी मिडिया कार्यालयले आज सार्वजनिक गरेको विज्ञप्तिमा मध्य गाजाको नुसिरात शरणार्थी शिविर नजिकै अल-सवारा क्षेत्रमा रहेको आफ्नै घरबाहिर अबु आइशा इजरायली ड्रोन हमलाको निशाना बनेको पुष्टि गरेको हो।
गाजाको मिडिया कार्यालयले प्यालेस्टिनी पत्रकारहरूलाई नियोजित रूपमा लक्ष्य बनाइएर हत्या गरिरहेको भन्दै यसलाई ‘व्यवस्थित अपराध’ को रूपमा कडा शब्दमा निन्दा गरेको छ।
साथै, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अरब पत्रकार महासंघ, र विश्वभरका प्रेस संगठन तथा युनियनहरूलाई यो अत्याचारविरुद्ध आवाज उठाउन अपिल गरिएको छ।
विज्ञप्तिमा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था, पत्रकार महासंघहरू तथा संयुक्त राष्ट्रसंघलाई गाजामा भइरहेको हिंसात्मक कार्यविरुद्ध तत्काल र निर्णायक कदम चाल्न आह्वान गरिएको छ।
उनीहरूले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न, मिडिया कर्मीहरूलाई लक्षित हमलाबाट जोगाउन र जिम्मेवार पक्षलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाएर जवाफदेही बनाउनु पर्ने माग गरेका छन्।
मानव अधिकार समूह र यूएनका रिपोर्टहरूअनुसार इजरायली सेनाले जानाजानी पत्रकार र मिडिया कार्यालयहरूलाई निशाना बनाएको स्पष्ट देखिन्छ।
-
४ सयभन्दा बढी पत्रकार घाइते
-
दर्जनौं पक्राउ
-
अधिकांश स्थानीय र अन्तर्राष्ट्रिय मिडिया कार्यालय ध्वस्त
-
सबै स्थानीय रेडियो स्टेशन सञ्चालनमा अवरोध
बिजुली, इन्टरनेटको अभाव र व्यापक विस्थापनका कारण गाजामा सञ्चारको पहुँच निकै कमजोर बनेको छ। यसले गाजाली जनताको आवाज अझै दबिने र मानवअधिकार उल्लंघन थप गहिरिने संकेत देखिएको छ।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार













प्रतिक्रिया