काठमाडौं । मोरङको बेलबारीमा आइतबार जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट बेलबारी ८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

आइतबार बिहान घरनजिकको खेतमा पानी लगाउन गएका वेला हात्तीले अमिनालाई आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएकी अमिनालाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक कोपिला चुडालले जानकारी दिइन्

advertisement

यो स्थान पूर्वपश्चिम राजमार्गबाट दक्षिणको गाउँ हो । राजमार्गको दक्षिणतर्फ डेढ किलोमिटर मात्र जङ्गल पर्छ। जङ्गलबाट गाउँ पसेर हात्तीले आक्रमण गरेपछि स्थानीय बासिन्दा त्रासमा छन्।

 

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com