काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस र एमालेको संयुक्त गठबन्धन सरकार बनेको सोमबार एक वर्ष पूरा भएको छ ।

संसदमा दुई ठूला दल कांग्रेस र एमालेबीच २०८१ साल असार १७ गते मध्यरातमा सात बुँदे सहमति भएसँगै ओली गत वर्षको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

advertisement

सरकार गठन अघि दुई दलबीच भएको सहमतिअनुसार संविधान संशोधन, सुशासन र स्थायित्वलाई प्राथमिकताका साथ उठाइएको थियो ।

तर सरकार गठनको एक वर्ष पूरा हुँदासमेत संविधान संशोधनका लागि कार्यदल समेत नबनेको भन्दै सत्तारूढ दलभित्रै असन्तुष्टि बढ्दै गएको छ । यस्तै, सरकार प्रतिवद्धता पूरा गर्न असफल भएको भन्दै तीव्र आलोचना हुँदै आएको छ ।

सात बुँदे सहमतिमा दुई दलले संविधान संशोधनलाई मुख्य राजनीतिक एजेन्डा बनाएका थिए । तर एक वर्ष बितिसक्दा पनि संविधान संशोधनको सवालमा सरकार तथा सत्तारुढ दलले कार्यदलसमेत बनाउन सकेका छैनन् ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com