लन्डन । लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । उड्नै लागेको बेलामा सानो आकारको व्यापारिक विमान दूघर्टना ग्रस्त भएको थियो । यस घटनापछि आकाशमा कालो धुवाँको बादल देखिएको थियो र विमानस्थलमा भागाभाग भएको थियो ।

आइतबार आगलागी भएको विमान ‘बीच बी २०० सुपर किंlonfग एयर’ भएको बताइएको छ । फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट राडारका अनुसार विमान रनवेबाट उड्ने बित्तिकै केही बेरमै दुर्घटना ग्रस्त भएको थियो ।

advertisement

दूघर्टनाको समयमा विमानमा कति जना थिए भन्ने स्पष्ट भएको छैन । अर्को सूचना जारी नभएसम्म उडानहरू स्थगित रहने र यात्रुहरूलाई अद्यावधिक जानकारी गराइने विमानस्थल प्रशासनले बताएको छ ।

सोमबार यात्रा गर्ने योजना बनाइरहेका मानिसहरूलाई आफ्नो एयरलाइन्समा सम्पर्क गर्न सल्लाह दिइएको छ । दुर्घटनाग्रस्त उडान एसयूजेड १ आफ्नो भएको पुष्टि डच कम्पनी ज्यूस एभिएसनले गरेको छ ।

अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको भन्दै कम्पनीले यस घटनाबाट प्रभावित सबैप्रति समवेदना रहेको बताएको छ ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com