काठमाडौं । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ ।

बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका–२ निवासी १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल बुढामगर रहेका छन् ।

advertisement

साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नदीमा डुबेर हराएको हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीले जानकारी दिए । शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

त्यसैगरी मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । रामपुर–घोराही सडकको सिस्नेखोला पुलमा दुर्घटनामा परी गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको हो । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा७प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा बेलुका ७ः०० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुवै जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com