काठमाडौं । साउदी अरेबियामा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि गत बैशाख १० साउदी अरेबिया गएका ललितपुरको महालक्ष्मी नगरपालिका–८ का २५ वर्षीय मनोज राजथलाको मृत्यु भएको हो ।

राति सुतेका उनी बिहान मृत अवस्थामा भेटिएका थिए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । उनको कोठामा उनीसँगै सुतेका ५ जनालाई भने साउदी प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

advertisement

उनी काठमाडौंको धुम्बाराहीस्थित ब्लेज एसोसिएट्स नामक म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारीका लागि गत बैशाख १० मा साउदी गएका थिए । राजथलाको असार २० गते मृत्यु भएको साउदीस्थित उनी कार्यरत कम्पनीले नेपालको ब्लेज एसोसिएट्स प्रालिलाई जानकारी दिएको थियो । म्यानपावर कम्पनीले भने असार २२ गते मात्र उनको मृत्युको खबर दिएको मृतक राजथलाका मामा श्याम राजथलाले जानकारी दिए ।

राजथला साउदीस्थित एसाद फर ह्युमन रिर्सोसेस् सोलुसन एण्ड म्यानेजमेन्ट नाम कम्पनी अन्तर्गतको प्रोजेक्टमा कार्यरत थिए । उनको शव नेपाल ल्याउन वैदेशिक रोजगार बोर्ड सचिवालयमा निवेदन दिइसकेको परिवार स्रोतले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरेर मृतकको शव स्वदेश पठाइदिन साउदीस्थित नेपाली राजदूतावास, कम्पनी र सम्बन्धित निकायलाई परिवारले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com