भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोहीको नाममा प्रमाण पूर्ति गरिदिने बहानामा २४ लाख ५० हजार रुपैयाँ घुस मागेको आरोपमा तीन जना सरकारी कर्मचारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार भक्तपुरस्थित मालपोत तथा भूमि सुधार कार्यालयबाट उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये मालपोत कार्यालय भक्तपुर शाखाका प्रमुख कुमार आचार्य, नायब सुब्बा दीपकप्रसाद अधिकारी र कार्यालय सहयोगी टिकाराम राउत छन्।

अख्तियारका अनुसार ती कर्मचारीहरूले जग्गा मोही र तलसिक्का कट्टा गरी नामसारी प्रक्रिया अगाडि बढाइदिने शर्तमा सेवाग्राहीसँग घुस मागिरहेका थिए। प्राप्त सूचनाको आधारमा आयोगको टोलीले निगरानी गरी सोमबार उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार अहिले उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको छ। घटनासँग जोडिएका थप विवरणहरू संकलन भईरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com