काठमाडौं । नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रिशूली नदीमा खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मङ्गलबार राति १०ः२५ बजे मिनि ट्रक त्रिशूलीमा खसी दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनकका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भारतबाट मेवा बोकेर काठमाडौं आउँदै गरेको युपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनि आईचर ट्रक आफैँ अनियन्त्रित भई सडकदेखि करिव ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो ।

advertisement

भारत लखनौका ट्रक चालक २१ वर्षीय आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह दुर्घटनामा घाइते हुनुभएको भएका छ । उहाँहरुको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com