काठमाडौं ।  सर्लाहीमा मंगलबार बिहानदेखि हराएका ६ वर्षीय बालकको शव गएराति फेला परेको छ।

हरिपुर नगरपालिका-१ जानकीनगर निवासी दिनेश यादवका छोरा सुशान्त यादवको गएराति शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

advertisement

मंगलबार बिहान १० बजेतिर बालक आफ्नै घरबाट बेपता भएका थिए।  खोजतलास गर्ने क्रममा राति साढे ११ बजे घरबाट झण्डै आधा किमी पूर्वतर्फ खाल्डोको पानीमा डुबेको अवस्थामा बालकको शव भेटिएको हो।

सडक निर्माणका लागि जेसीभीले खनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ।  घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय मुर्तियाबाट  प्रहरी नायव निरीक्षक उदयकुमार झाको कमाण्डमा गएको प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।

जेसीभीले खनेको खाडलको कारण बालकको मृत्यु भएको भन्दै बालकका आफन्त र स्थानीयले बिरोध गरेका छन्। प्रहरीले बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com