काठमाडौं । इलामको सूर्योदय नगरपालिका–१ मा गएराति एक जनाको हत्या गरिएको छ । माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली घर गएका प्रकाशको सूर्योदय– १, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग झगडा परेको थियो ।

advertisement

काजी तामाङको घरमा भएको झगडाका क्रममा धारिलो हतियार प्रकाशमाथि प्रहार हुँदा प्रकाशको घटनास्थलमै मृत्युु भएको जनाइएको छ । दाजुु निरोजको पेटमा पनि धारिलो हतियारबाट गहिरो चोट लागेको र गभ्मीर अवस्थामा रहेका निरोजलाई उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ ।

घटना पछि शेर्पालाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com