काठमाडौं । काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जैविक तरल पदार्थ हालेर प्लाष्टिकले छोपेको छ ।
अहिले झरीले बञ्चरेडाँडा जाने सडक विग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसकेपछि टेकुमा फोहोर थुप्रिएको छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह का सचिवालयका अनुसार अहिले १५० भन्दा धेरै गाडी जान सकेको छैन । टेकुमा माघदेखिको फोहोर जम्मा भएको सचिवालय सदस्य सुनिल लम्सालले ग्लोबल नागरिकलाई बताए।
प्रकाशित मिति: २६ असार २०७९, आइतबार
प्रतिक्रिया