काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठकमा पार्टीको विधान महाधिवेशनका विषय विशेष गरी छलफल भइरहेको छ ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधायनको सम्बन्धमा उठेका विभिन्न प्रश्नहरुको सम्बन्धमा विस्तारपूर्वक जानकारी दिएका थिए ।

advertisement

अहिलेको मुख्य काम विधायन अधिवेशन रहेकाले यसमै बैठक केन्द्रित रहेको नेताहरु बताउँछन् । बैठकमा पोलिटब्युरो सदस्यहरुले आफ्ना धारणा राख्नेक्रम जारी रहेको छ ।

यसैबीच जारी पोलिटब्यूरो बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीति गर्ने घोषणा गरेको विषय उत्कर्षमा पुगेको छ ।

पूर्व राष्ट्रपति भण्डारीले गरेको निर्णयका विषयमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकका क्रममा जानकारी गराएको सो पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । सो बारे धारणा राख्दै अध्यक्ष ओलीले भण्डारी फर्कने विषय गम्भिर भएकाले पार्टीले सो बारे उचित समयमा निर्णय गर्ने बताएको उनले बताए ।

पोलिटब्यूरो बैठकमा ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधानसहितका पारित मस्यौदाको प्रस्तावलाइ पेश गरिएको छ ।

 

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com