काठमाडाैं । इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । ३० जना घाइते छन् । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर सहरनजिकै दुर्घटना भएको हो ।

कावर अस्पतालका निर्देशक मोहसेन अफ्रासियाबीले इरानी सरकारी टेलिभिजनलाई दुर्घटनामा भएको हताहतबारे भने, “शनिबारको बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।”

advertisement

इरानी सञ्चारमाध्यमले एउटा बस पहाडकोे सडकछेउमा लडेको अवस्थामा खिचिएको तस्बिर सम्प्रेषण गरेका छन् । एजेन्सी

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com