काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्न पनि ब्याजदर बढाउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा संघीय संसद अन्तरगतको अर्थ समितिले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धि छलफलमा उनले मूल्यवृद्धि नियन्त्रण गर्न  ब्याजदर बढाउनुपर्ने बताएका हुन् ।

चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएकोले ब्याज बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।

तरलता व्यवस्थापन गर्न तीन खर्बभन्दा बढी अहिले पनि राष्ट्र बैंकले बजारमा पैसा पठाएको बताउँदै उनले कोभिडको बीचमा दिएका सुविधाहरु अव नदिनेगरी मौद्रिक नीति आउने गभर्नर अधिकारीको भनाई छ । नेपाली मुद्रा ७ प्रतिशतको अवमूल्यन भएको बताउँदै उनले अहिलेको स्थितिलाई मध्यनजर गरेर मौद्रिक नीति आउने उनको भनाई थियो ।

 

प्रकाशित मिति: २७ असार २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com