काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ८ सय रूपैयाँले बढेको हो।
आइतबार सुन प्रतितोला एक लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ। शुक्रबार सुन प्रतितोला एक लाख ९२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको थियो
आइतबार चाँदीको मूल्य पनि पाँच रूपैयाँले बढेको छ।
शुक्रबार २ हजार २ सय ८० रूपैयाँ कारोबार भइरहेको चाँदी आइतबार २ हजार २ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया