काठमाडाैं । नेपाली बजारमा साेमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार प्रतितोला सुन १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदीको मूल्य २ हजार २ सय ८५ रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया